FAQs Complain Problems

News

प्राय सोधिने प्रश्नहरु ।

  • भक्तपुर नगरपालिकाले २०५६ सालमा ख्वप उच्च मा.वि स्थापना गरी हाल नपाकै पहलमा ख्वप ईन्जिनियरिड्ड कलेज, ख्वप कलेज लगायत ७ वटा शैक्षिक संस्थाहरु संचालन गरिरहेको छ । मनाङ बाहेक देशभरका सवै जिल्लाका विद्यार्थीहरुले न.पा.ले सञ्चालन गरिरहेका कलेजहरुमा पढ्ने अवसर पाईसकेको छन् । सस्तो, गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै विद्यार्थीहरुलाई देशभक्त र अनुशासित नागरिक तयार गर्ने नपाको उद्देश्य हो । स्थानीय सरकार संचालन ऐन २०७४ कार्यान्वयन पछि भक्तपुरका ९२ वटा विद्यालयहरुको जिम्मेवारी पनि नगरपालिकामा आएको छ । साथै न.पा.ले ३ वटा जनस्वास्थ्यमार्फत विरामीहरुको सेवा गर्दै आइरहेकोमा २५ शैयाको ख्वप अस्पताल अहिले निर्माणाधीन अवस्थामा रहेको छ । नगरवासीहरुको स्वास्थ्य सेवाको निम्ति घर घरमा नर्सिङ सेवा पनि शुरु गरेको छ ।
  • स्थानीय पाठ्यक्रममा भक्तपुरको मौलिक पहिचानसँग जोडिएका विषयहरु जस्तै भक्तपुरको कला र संस्कृति, भक्तपुरको इतिहास, सीप र प्रविधि, भक्तपुरको पर्यटन, खेल र सहकारी लगायतका विषयहरु समावेश गरिएका छन् । नया“ पुस्तालाई भक्तपुरको विविध पक्षबारे जानकारी दिने उद्देश्यले स्थानीय पाठ्यक्रम तयारी गरेको हो । यस शैक्षिक वर्ष  २०७५ देखि कक्षा १ र ६ मा स्थानीय पाठ्यक्रम लागू गरिसकेको छ भने आगामी शैक्षिक वर्ष २०७६ देखि कक्षा २ र ७ मा लागू गर्ने योजना रहेको छ ।
  • भक्तपुर नगरपालिकाले संविधान र कानूनले दिएको अधिकारभित्र रही शिक्षा, स्वास्थ्य, उद्योग,रोजगारी, कला–सँस्कृति, वातावरण,सरसफाई, यातायात, खेलकुद,सम्पदा संरक्षण र पर्यटनलाई प्राथमिकतामा राखी कार्य गरिरहेको छ ।
  • भक्तपुर नेपालकै सानो जिल्ला भक्तपुरको ४ वटा नगरपालिकाहरुमध्ये एक ऐतिहासिक र साँस्कृतिक नगरपालिका हो । ६.८८ वर्ग कि.मी. क्षेत्रफल रहेको यो नगरपालिकामा राष्ट्रिय जनगणना २०५८ अनुसार ८१७४८ जनसंख्या रहेको छ । जसमा ४१०८१ जना पुरुष र ४०६६७ जना महिला रहेका छन् । जम्मा घरधुरी संख्या १७६३९ रहेको छ ।