FAQs Complain Problems

News

भक्तपुर नगरपालिकाले लागू गरेको स्थानीय पाठ्यक्रमको विशेषता के के हुन् ?

  • स्थानीय पाठ्यक्रममा भक्तपुरको मौलिक पहिचानसँग जोडिएका विषयहरु जस्तै भक्तपुरको कला र संस्कृति, भक्तपुरको इतिहास, सीप र प्रविधि, भक्तपुरको पर्यटन, खेल र सहकारी लगायतका विषयहरु समावेश गरिएका छन् । नया“ पुस्तालाई भक्तपुरको विविध पक्षबारे जानकारी दिने उद्देश्यले स्थानीय पाठ्यक्रम तयारी गरेको हो । यस शैक्षिक वर्ष  २०७५ देखि कक्षा १ र ६ मा स्थानीय पाठ्यक्रम लागू गरिसकेको छ भने आगामी शैक्षिक वर्ष २०७६ देखि कक्षा २ र ७ मा लागू गर्ने योजना रहेको छ ।