FAQs Complain Problems

News

बाली क्षतिपूर्ति दाबीको निवेदन पेश गर्नेबारे सूचना (मितिः २०७९।०३।१२)

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित यस देको मिवा इतापाके जग्गा एकीकरण आयोजना क्षेत्रमा बाली नलगाएका जग्गाधनी/मोही किसानहरूले ज.ध पुर्जामोही निस्सा, नागरिकताको प्रतिलिपि र आ.व. २०७८/७९को बाली तिरेको मालपोत रसिदको प्रतिलिपिसहित आ.व. २०७८/७९ को हिउँदे/वर्षे बाली मुआब्जा क्षतिपूर्ति दाबी गर्न आउनुहुनका लागि आयोजना कार्यालयमा लिखित निवेदन पेश गर्न हुन जानकारीसहित अनुरोध गरिन्छ । विस्तुत जानकारीको लागि आयोजना कार्यालयमा सम्पर्क गर्नहुनसमेत अनुरोध छ ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित
देको–मिवा–इतापाके जग्गा एकीकरण आयोजना
शहीद स्मृति खेल मैदान परिसर, भ.न.पा. २, भक्तपुर
सम्पर्क नं. ६६१२४०१