FAQs Complain Problems

News

भक्तपुरको ब्रम्हायणी परिसरमा सरसफाई तथा वृक्षारोपण

भक्तपुर नगरपालिकाको पाक्षिक नियमित सरसफाई अन्तर्गत नपाका जनप्रतिनिधि, कर्मचारी, बुद्धिजीवी, टीम–क्लब, विभिन्न विद्यालय लगायतको सकृय सहभागितामा ब्रम्हायणी परिसरमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष एवम् वातावरण समितिका संयोजक रविन्द्र ज्याख्वले सरसफाई सभ्यताको प्रतिक भएको र फोहोरलाई स्रोतको रुपमा उपयोग गर्नु आवश्यक भएको बताउनुभयो ।
भक्तपुर नपाले सबै वडामा ट्राइसाइकलमार्फत कुहिने र नकुहिने फोहोर संलकन गरिरहेको चर्चा गर्नुहुँदै जथाभावी फोहोर नफाल्न र कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र ट्राइसाइकलमा फाल्न आग्रह गर्नुभयो ।
आफूले उत्पादन गरेको फोहोरको व्यवस्थापन पनि आफैले गर्नुपर्ने आवश्यकता औल्याउनुहुँदै वडाध्यक्ष ज्याख्वले ऐतिहासिक महत्व बोकेका मन्दिर तथा पीठहरुलाई आकर्षक केन्द्रको रुपमा विकास गर्ने उद्देश्य रहेको बनाउनुभयो ।

कार्यक्रममा भनपा वडा नं. ५ का वडाध्यक्ष प्रेमगोपाल कर्माचार्यले भक्तपुर ऐतिहासिक र साँस्कृतिक पहिचान बोकेको सहर भएको र सरसफाइमा पनि नमूनाको रुपमा अगाडि बढिरहेको बताउनुभयो ।

भक्तपुर नपा वडा नं. ८ का वडाध्यक्ष महेन्द्र खायमलीले स्थानीय जनतामा नागरिक भावना जगाउन सरसफाई कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुहुँदै वातावरण सफा राख्न स्थानीय जनताको साथ र सहयोग आवश्यक भएको बताउनुभयो । उक्त कार्यक्रममा कार्यपालिका सदस्य छोरीमैंया सुजखुले पनि बोल्नुभएको थियो ।