FAQs Complain Problems

News

वडा न‍‍ं. ३

संक्षिप्त परिचय

भक्तपुर नगरपालिकाको साविक वडा नं. १३ र साविक वडा नं. १४ गाभिएर हाल भक्तपुर नगरपालिका वडा नं. ३ बनेको हो । यस वडाको क्षेत्रफल ०.११६५ वर्ग कि.मी. छ । यस वडाको पूर्वतर्फ भक्तपुर नगरपालिका वडा नं. ४ र ५, पश्चिमतर्फ भक्तपुर नगरपालिका वडा नं. १ र २, उत्तरतर्फ भक्तपुर नगरपालिका वडा नं. २ र दक्षिणतर्फ भक्तपुर नगरपालिका वडा नं.४ र सूर्यविनायक नगरपालिका वडा नं. ६ रहेको छ । यस वडामा २०७४ को मतदाता सङ्ख्याअनुसार ४,९०० रहेको थियो भने २०७९मा ५,३५४ छ । यस वडाका निवासीहरू क्रमशः मजदुरी, कर्मचारी, व्यापारी र किसानी पेशामा आवद्ध रहेको देखिन्छ ।  यस वडाभित्र विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार क्षेत्र र धेरै ऐतिहासिक सांस्कृतिक एवम् पुरातात्त्विक सम्पदाहरू रहेका छन् । पुरातात्त्विक ९९ चोकहरूमध्ये अधिकांस यस वडामा छन् ।

मुख्य पर्यटकीय स्थानहरु

राष्ट्रिय कला सङ्ग्रहालय
न्हेकं झ्यो दरबार
पच्पन्न झ्याल दरबार
स्वर्णद्वार
नृत्यवत्सला मन्दिर
केदारनाथ मन्दिर
जगनाथ मन्दिर
बद्रीनाथ मन्दिर
कृष्ण मन्दिर
यक्षश्वर मन्दिर
तलेजु मन्दिर
सिद्धि वत्सला मन्दिर
रामेश्वर मन्दिर
नित्यनाथ मन्दिर
द्वारिकानाथ मन्दिर
च्यासिं मण्डप
ताहा फल्चा
पाहां छेँ
भद्रकाली द्यःछेँ
बाराही द्यःछेँ
तेखापुखू
भनपुखू
मंगल कुण्ड
दुम पुखू
लायकु ध्वाका
तगो गां
तगो महादेव

प्रशासनिक निकायहरु

जिल्ला प्रशासन कार्यालय भक्तपुर
भक्तपुर जिल्ला अदालत
महानगरीय प्रहरी परिसर भक्तपुर

वडा नं. ३ वडा समिति

अध्यक्ष :  राजकृष्ण गोरा
सदस्य  : राजकुमार सिल्पकार
सदस्य  :  कृष्ण गोपाल चौगुठी
सदस्य  :  सुनिता प्रजापति (अवाल)

 

Nepali
Population: 
५९०९
Ward Contact Number: 
०१६६१३११०
Weight: 
0