FAQs Complain Problems

News

वडा नं ९

संक्षिप्त परिचय

भक्तपुर नगरपालिकाको साविक १ र ३ नं. वडा गाभेर हालको वडा नं. ९ बनेको हो । यस वडाको कूल क्षेत्रफल ०.५०६६०६ वर्ग कि.मी. छ । २०७८ मा भएको जनगणनाको प्रारम्भिक तथ्याङ्क अनुसार यस वडामा पुरुष ४,४३४ जना र महिला ४,४७१ जना गरी जम्मा ८,९०५ जना छन् भने कूल मतदाता सङ्ख्या ७,०८८ जना रहेको छ । कूल घर सङ्ख्या १,४७९ र कुल घरधुरी (परिवार) सङ्ख्या २,११७ रहेको छ । २०६८ सालको तुलनामा घरधुरी सङ्ख्या ४४८ ओटाले र कूल जनसङ्ख्या ६७३ले बढेको देखिन्छ ।  

सामाजिक तथा साँस्कृतिक स्थानहरु

ख्वप अस्पताल च्याम्हासिंह
ख्वप बहुउद्देश्य भवन ब्रम्हायणी
छाती पुनःस्थापना केन्द्र
पर्यटन सूचना केन्द्र

मुख्य पर्यटकीय स्थानहरु

दत्तात्रय मन्दिर
भीमसेन मन्दिर
चोफल नारायण मन्दिर
बेचि बुंग
सला गणेश मन्दिर
लक्ष्मी नारायण मन्दिर
नित्यनाथ मन्दिर
सिज महादेव
न्हेपश्या द्यः
वाँचु हिति
भीमसेन ढुङ्गे धारा
वाकुपती ढुङ्गे धारा
तालातुंथी पाटी
देगइना पाटी
वाकुपति नारायण उत्तर पाटी
साकुलान ताहा फल्चा
वाँचु पाटी
गणेश पाटी
सूर्यमढी पाटी
ब्रम्ह्रायणी पाटी
सिचु फल्चा
तोचा फल्चा
लामागल पोखरी
गरुद कुण्द
च्याम्हासिंह ढोका
वाकुपती नारायण सत्तल

वडा नं. ९ वडा समिति

अध्यक्ष : रविन्द्र ज्याख्व
सदस्य : ज्ञान बहादुर मानन्धर
सदस्य : ईन्द्र बहादुर प्याथ
सदस्य : छोरी मैया सुजखु

 

Nepali
Population: 
८२३२
Ward Contact Number: 
०१६६१२१६५
Weight: 
0