FAQs Complain Problems

News

वडा नं ६

संक्षिप्त परिचय

भोलाछेँ, मूलाछेँ, चोछेँ, लालाछेँ व्यासी, तुछिमला आदि नामले परिचित भक्तपुर नगरपालिकाको ६ नं. वडा हो । इँटाको झ्याल (टेराकोटा), बुट्टेदार कुं झ्याल (कुनाझ्याल), मछिन्द्र नारायण मेला, महाकाली महालक्ष्मी जात्रा, छुमा गणेश जात्राले यो वडा राष्ट्रिय स्तरमै परिचित छ । नवदुर्गाको माइती मानिएको यस वडामा महानवमीको दिन नवदुर्गा गुणहरुको मुकुण्डो प्रर्दशन, तुछिमलामा एक आगंछेँमा माटोको तोरण हुनु वडाको आफ्नै मौलिक विशेषता रहेको छ । यस वडा कलात्मक बुट्टेदार झ्यालहरु रहेको वडाहरुमा पर्दछ ।
यस वडाको पुरानो बस्तीहरुमा प्रायः सबै बाटोहरुमा इँटा र ढुङ्गाले छापेको हुदाँ वडा तुलनात्मक रुपले सफा नै देखिन्छ । यस वडामा पाँच ओटा पोखरीमध्ये २ पोखरी संरक्षित रहेको छ भने २ ओटा पोखरी अतिक्रमित र १ ओटा पोखरी पुरेर स्कूल बनाएको पाइन्छ ।
साविक वडा नं. ५ र ९ मिलाएर वडा नं. ५ बनाइएको हो । यस वडामा करिब ९,०८२ जनसङ्ख्या रहेको छ जसमध्ये पुरुष ४,४८१ र महिला ४,६०१ रहेका छन् । त्यसमध्ये चालिस प्रतिशत वडावासीहरु अन्य वडा र नगरपालिका तथा अन्य जिल्लाहरुमा बसोबास गर्दै आएको देखिन्छ ।
यस वडाको उत्तरमा चाँगु नगरपालिका, दक्षिणमा वडा नं. ५ र ७ पर्दछ भने पूर्वमा वडा नं. १० र पश्चिममा वडा नं. २ पर्दछ । यस वडामा ९७ प्रतिशत जनता शिक्षित छन् । यस वडाको कूल क्षेत्रफल ०.३४९८ वर्ग कि.मी. रहेको छ । यहाँ घरधुरी सङ्ख्या १,०५२ रहेको छ । यहाँका अधिकांस मानिसहरु हिन्दु धर्म मान्छन् भने केहीले बौद्ध र केहीले क्रिश्चियन धर्म मान्दछन् । यहाँ प्रायः नेपारी भाषा बोल्दछन् भने केहीले नेपाली भाषा पनि बोल्ने गरेको पाइन्छ । यस वडामा अधिकांस नेवार भए पनि क्षेत्री, दलित र केही तामाङहरुको पनि बसोबास रहेको छ ।

मुख्य पर्यटकीय स्थानहरु

छुमा गणेश मन्दिर र द्यःछेँ
महाकाली मन्दिर र द्यःछेँ
पुर्वेश्वर महादेव मन्दिर
विश्वकर्मा आगाछेँ
महाकाली पीठ
भोलाछेँ नारायण मन्दिर
चोछेँ ढुङ्गे भैरव मन्दिर
नारायण मन्दिर
लिगन्चा धारा र पोखरी
भोलाछेँ पोखरी
अँचा पुखू
तुछिमता इनार
तुछिमला पाटी
भोलाछेँ पाटी
वन्टी फल्चा
चोछेँ पाटी
ढल्चा पाटी
मूलाछेँ पाटी

वडा नं. ६ वडा समिति

अध्यक्ष : हरिराम सुवाल
सदस्य : रोशनमैया सुवाल
सदस्य : सीतादेवी नेपाली
सदस्य : गोविन्द दुवाल
सदस्य : सिद्धिराम अवाल

 

Nepali
Population: 
७२१२
Ward Contact Number: 
०१६६१२१५९
Weight: 
0