FAQs Complain Problems

News

वडा नं ४

संक्षिप्त परिचय

ऐतिहासिक, कला र संस्कृतिमा धनी शहर भक्तपुर नगरपालिकाको यस वडा नं. ४ पनि ऐतिहासिक तथा सांस्कृतिक रूपले आफ्नै परिचय बोकेको वडा हो । यहाँको इखालाछी मठ, राम मन्दिर, मंगल तीर्थ, बराही पीठ, बंलपुली (ब्रह्मपुर) को तलेजु मन्दिर आदि धरोहरहरू सांस्कृतिक परिचय दिने धरोहरहरू हुन् । साथै ऐतिहासिक महत्त्व रहेको नवदुर्गा सृष्टिको लागी माटो दिने ठाँउ अखण्डशील विहार, बुल्चाको कलात्मक ढुङ्गेधारा यस वडाका सांस्कृतिक गहनाहरू हुन् । अन्तर्राष्ट्रिय रूपमा परिचय गराउने पोटरी स्क्वायर पनि यसै वडाभित्र पर्दछ । नेवार जातिको बाहुल्यता रहेको यस वडामा बहुसङ्ख्यीक रूपमा नेवारी भाषा (नेपाल भाषा) बोल्दछन् । २०६८ सालको जनगणना अनुसार यस वडाको जनसङ्ख्या ८,२४८ जनामध्ये पुरुष ४,११४ र महिला ४,१३४ जना रहेका छन् । घरधुरी सङ्ख्या १,७१५ रहेको छ । हाल सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सङ्ख्या ९,१४ जना रहेका छन् । वडावासीहरूको स्वास्थ्य हेरचाहको लागि स्टाफ नर्स १ जना र स्वयम्सेविकाहरू १२ जना परिचालित छन् ।
यस वडामा बसोबास गर्ने बासिन्दाहरूको मुख्य पेशा कृषि, व्यापार र नोकरी तथा माटोको भाँडाकुँडा बनाउने काम रहेको छ । यस वडाको पूर्वमा ५ नं. वडा, पश्चिममा ३ नं. वडा, उत्तरमा ३ नं. र ५ नं. वडा, दक्षिणमा अरनिको राजमार्ग तथा सूयविनायक नगरपालिकाले घेरी आकांश २७.६७०६६ डिग्री, देशान्तर ८५.४२९१ डिग्रीमा समुद्री सतहबाट करिब १,३३० मिटर उचाइमा क्षेत्रफल ०.२८ वर्ग कि.मी.मा फैलिएको छ ।

ऐतिहासिक, साँस्कृतिक स्थलहरु एवम् सामाजिक, सरकारी तथा अन्य संस्थाहरु

दाफा भजन, ढल्ता भजन, बाँसुरी बाजा र धिमे बाजा खल – २३ ओटा
इनार –५४ ओटा
ढुङ्गेधारा –५ ओटा
ध्वाका – १ ओटा
पोखरी – २ ओटा
कुवा – २ ओटा
पाटी – ५८ ओटा
मठ – ४ ओटा
सार्वजनिक धारा – ३३ ओटा
सत्तल – १८ ओटा
सहकारी संस्था – २१ ओटा
वाणिज्य बैंक – ७ ओटा
क्लब, टोल सुधार समिति – २१ ओटा
सरकारी विद्यालय – ५ ओटा

 

मुख्य पर्यटकीय स्थानहरु

बाराही मन्दिर (बाराही पीठ)
भैरव मन्दिर
जेठा गणेश मन्दिर (तालाको)
तालाको गोरखनाथ मन्दिर (तालाको दोंफो)
लक्ष्मीनरसिंह मन्दिर (गःहिति)
माकचो गणेश मन्दिर (मंगलाछेँ)
मनकामना मन्दिर (दुमलाचा)
छगः देगः र स्वगं देगः (मंगलतीर्थ शिवालय)
भद्रकाली अजिमा द्यःछेँ (लैको पालुंगाल)
राममन्दिर तथा शिव मन्दिर (राममन्दिर शिवालयभित्र)
पाताल गणेश मन्दिर (गःहिति)
भैरवनाथको द्यःछेँ (चपाल)
क्वंताँलेको बेतालको आँगन घर
वटुक श्वेत भैरव मन्दिर तथा द्यःछेँ (बुलुचा)
क्वंताँलेको योसिंच्वका गणेश मन्दिर
खलाँको च्वकी अजिमा
चपालस्थित शिव ननी नारायण मन्दिर (तालाको)
घट्खा हैमद्यः (घट्खा)
बलंपुली तलेजु द्यःछेँ (नासमना)
बलंपुली श्याम सुन्दर भजन मण्डल (नासमना)
कांल्हाचा चम्पकेश्वर महादेव मन्दिर (कांल्हाचा)
देगमना पोखरी
थुचो ख्यो पोखरी

 

वडा नं. ४ वडा समिति

अध्यक्ष : उपेन्द्र सुवाल
सदस्य : कृष्ण सुन्दर प्रजापति
सदस्य : पुरुषोत्तम तमखु
सदस्य : विष्णु केशरी दुवाल

 

Nepali
Population: 
८२४८
Ward Contact Number: 
०१६६१२१८३
Weight: 
0