FAQs Complain Problems

News

भक्तपुर नगरपालिका भवन

Read More

भक्तपुर दरबार क्षेत्र (भूकम्प अगाडि)

Read More

भक्तपुर दरबार क्षेत्र (हाल)

Read More

भक्तपुर नगरपालिका संक्षिप्त परिचय

साँस्कृतिक नगर भक्तपुरको परिचयः

स्थानीय नेवारी भाषामा ख्वप नामले चिनिने भक्तपुर काठमाण्डौ उपत्यकाको पूरानो नेवारी साँस्कृतिक केन्द्र हो । यो नगर नेपालको राजधानी काठमाण्डौबाट १५ कि.मी. पूर्वमाअवस्थित छ । भक्तपुरको पूर्वमा काभ्रे जिल्ला उत्तर पूर्वमा काठमाण्डौ जिल्ला र दक्षिणमा ललितपुर जिल्ला पर्दछ । यो नगर समुद्री सतहबाट १४०१ मीटर माथि अवस्थित छ । यस नगर ६.८८ वर्ग कि.मी. फैलिएको छ । यस नगरमा ९० प्रतिशतभन्दा बढी नेवार र बाँकी ब्राम्हण, मुस्लिम र अन्यजातिहरु बसोबास गर्दछन् । वि.सं. २०७८ सालको जनगणना अनुसार भक्तपुर जिल्लामा ४३२१३२ र ऐतिहासिकनगरी भक्तपुरमा ७९,१३६ जनसंख्याबसोबास गर्दछन् । यहाँका सम्पदा संरक्षणलाई प्रशंसा गर्दै युनेस्कोले यस शहरलाई सन् १९७९ माविश्व सम्पदा सूचीमा सूचीकृत गरियो । नेपालको लिखित ईतिहास भक्तपुरको चाँगुनारायण बाट शुरु हुन्छ । जुजु धौ, भादगाउँले टोपी, हाकु पटासी, माटोको भाँडाकुडा र हस्तकला आदीले भक्तपुर नगरको परिचय र मौलिकता झल्काउँछ ।

ईतिहासः

नेपालको लिखित ईतिहास भक्तपुरको चाँगुनारायणमा रहेको पाँचौ शताब्दीको लिच्छबीकालिन शिलालेखबाट प्रारम्भ भएको हो ।भक्तपुर नगर सर्वप्रथम आठौं शताब्दीमा राजाआनन्द देवले स्थापना गरेको थियो । यहाँको सबै भन्दा पूरानो मन्दिर दत्तात्रयको मन्दिर १५ औं शताब्दीमा राजायक्षमल्लको पालामा बनेको थियो । यो नगर बाह्रौं शताब्दी देखि पन्ध्रौं शताब्दीसम्म नेपालको राजधानीनगरको रुपमा रहेको थियो । यो नगर १८ औं शताब्दी सम्म एउटा स्वतन्त्र राज्यको रुपमा रहेको थियो ।

भूगोलः

भक्तपुर नगर राजनैतिक रुपमा १० वडा र २४ वटा टोलहरुमा विभाजित छ । भौगोलिक रुपमा यो नगर उडिरहेको परेवाको आकारमा पूर्व पश्चिम ४.५ कि.मी.  लम्बाई र उत्तर दक्षिण १.५ कि.मी. चौडाइमा फैलिएको छ । यस नगरको उत्तर र दक्षिणमा दुई वटा नदी र नगरभरी पोखरीहरु छरिएका छन् ।

हावापानीः

भक्तपुर नगर काठमाण्डौ उपत्यकाको एक भाग हो । त्यसैले यस नगरको हावापानी काठमाण्डौ उपत्यकाको हावापानी संग मिल्दोजुल्दो छ । यस शहरको तापक्रम गर्मी याममा अधिकतम ३५ डिग्री सेल्सियस र हिउँदमा न्युनतम –३ डिग्री सेल्सियस सम्म पुग्दछ । यहाँको औसत वर्षा १३६२.२ मिलीमीटर र ९० प्रतिशत वर्षा मनसुनमा (जेष्ठ महिना देखि भदौ सम्म) हुन्छ ।

अर्थव्यवस्थाः

यस शहरको आर्थिक वृद्धि विस्तारै बढ्दै छ । यहाँका मानिसहरुको मुख्य पेशा कृषि हो भने पर्यटन तीब्र रुपमा विकास हुँदै गरेको उद्योग हो । घरेलु तथा साना उद्योग, व्यापार व्यवसाय र हस्तकलाका सामग्रीहरु यहाँको आम्दानीको मूख्य स्रोत हुन् । २०६८ सालको जनगणना अनुसार यस नगरको  व्यक्ति आम्दानी ७४२ डलर रहेको छ ।

पर्यटनः

यस शहरको आर्थिक विकासमा पर्यटन उद्योगले ठूलो योगदान गरिरहेको छ । अक्टोबर र नोभेम्बर महिना भक्तपुरमा पर्यटन आगमनको मुख्य सिजन हो । आ.व. २०५०।५१ देखि २०७९।०८० असारमसान्तसम्ममा कूल ४५ लाख ५२ हजार ८२७ जना विदेशी पर्यटकहरुले भक्तपुर नगरको अवलोकन गरे ।आ.व. २०७९।८० मा मात्र चीन र सार्क मुलुकका ८१,३१८ जना तथा गैर सार्क मुलुकका ८६,३३४ गरी कूल १ लाख ६७ हजार ६५२ जना विदेशी पर्यटकहरुले साँस्कृतिक नगर भक्तपुरको अवलोकन गरेका थिए ।

Pages

जनप्रतिनिधि

सुनिल प्रजापति
नगर प्रमुख
nwpp_sunil@yahoo.com
९८५१०७८८८५
रजनी जोशी
उप– प्रमुख
rajany2@gmail.com
९८५११७७७४४

प्रमुख प्रशासकीय अधिकृत

बसन्त भट्टराई
प्रमुख प्रशासकिय अधिकृत
info@bhaktapurmun.gov.np, bhattaraibasanta@yahoo.com
९८५१२७५१११

प्रवक्ता

सुचना अधिकारी

दामोदर सुवाल
सूचना अधिकारी
९८५१३३२०३३

नगरपालिकाले प्रदान गर्ने सेवाहरु

सेवा प्रकारः- नगरपालिकाबाट उपलब्ध हुने
सेवा समयः- १ महिना
जिम्मेवार अधिकारीः- उपशाखा प्रमुख, प्रमुख एवं प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- भक्तपुर नगरपालिका
सेवा शुल्कः- रु. १०।–
आवश्यक कागजातहरुः-

क) निवेदन
ख) जग्गाधनी प्रमाण पुर्जा
ग) चालु वर्षसम्मको मालपोत तिरेको रसिद
घ) नागरिकताको प्रतिलिपि
ङ) नापी नक्सा
च) स्वीकृत नक्सा प्रमाण पत्र

छ) निर्माण सम्पन्नको सक्कल निवेदन

सेवा प्रकारः- नगरपालिकाबाट उपलब्ध हुने
सेवा समयः- -
जिम्मेवार अधिकारीः- उपशाखा प्रमुख प्रमुख एवं कार्यकारी अधिकृत
सेवा दिने कार्यालयः- भक्तपुर नगरपालिका
सेवा शुल्कः- प्रति घण्टा डोजर रु..१५००।– ट्रिपर बाक्हो लोडर रु.८००।– एक्साभेटर (तेल सहित यातायात बाहेक प्रति घण्टा रु. ३,०००।–)
आवश्यक कागजातहरुः-

क) सम्बन्धित व्यक्ति संस्था तथा निकायको  निवेदन                                 

ख) इन्धन सम्बन्धित पक्षले नै राख्नु पर्ने ।   

सेवा प्रकारः- नगरपालिकाबाट उपलब्ध हुने
सेवा समयः- -
जिम्मेवार अधिकारीः- उपशाखा प्रमुख, प्रमुख एवं कार्यकारी अधिकृत
सेवा दिने कार्यालयः- भक्तपुर नगरपालिका
सेवा शुल्कः- नगरभित्र रु. ५००।– नगर बाहिर रु. १०००।– क्रमिक रुपमा
आवश्यक कागजातहरुः-

क) सम्बन्धित व्यक्ति संस्था तथा निकायको  निवेदन                                   

ख) इन्धन सम्बन्धित पक्षले नै राख्नु पर्ने ।   

सेवा प्रकारः- नगरपालिकाबाट उपलब्ध हुने
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- उपशाखा प्रमुख प्रमुख÷कार्यकारी अधिकृत
सेवा दिने कार्यालयः- भक्तपुर नगरपालिका
सेवा शुल्कः- निवेदन .दस्तुर रु.१०।– प्रमाण पत्र दस्तुर रु.५०।–
आवश्यक कागजातहरुः-

क) निवेदन पत्र                                               ख) वडा कार्यालयको सिफारिस                                 ग) नागरिकताको प्रतिलिपि   

सेवा प्रकारः- नगरपालिकाबाट उपलब्ध हुने
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- उपशाखा प्रमुख, प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- भक्तपुर नगरपालिका
सेवा शुल्कः- निवेदन .दस्तुर रु.१०।– दर्ता प्रमाण पत्र दस्तुर रु.५०।–
आवश्यक कागजातहरुः-

क) निवेदन पत्र
ख) सवारी धनी प्रमाणपत्र पेश गर्नुपर्ने

सेवा प्रकारः- नगरपालिकाबाट उपलब्ध हुने
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- उपशाखा प्रमुख प्रमुख÷कार्यकारी अधिकृत
सेवा दिने कार्यालयः- भक्तपुर नगरपालिका
सेवा शुल्कः- निवेदन .दस्तुर रु.१०।– तथा तोकिएको कर
आवश्यक कागजातहरुः-

क) निवेदन
ख) वडा कार्यालयको शिफारिस
ग) बहाल सम्झौताको प्रमाण
घ) नागरिकताको प्रलिलिपिू   

सेवा प्रकारः- नगरपालिकाबाट उपलब्ध हुने
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- उपशाखा प्रमुख प्रमुख÷कार्यकारी अधिकृत
सेवा दिने कार्यालयः- भक्तपुर नगरपालिका
सेवा शुल्कः- टि.दस्तुर रु.१०।–
आवश्यक कागजातहरुः-

क)निवेदन  

सेवा प्रकारः- नगरपालिकाबाट उपलब्ध हुने
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- उपशाखा प्रमुख प्रमुख÷कार्यकारी अधिकृत
सेवा दिने कार्यालयः- भक्तपुर नगरपालिका
सेवा शुल्कः- टि.दस्तुर रु.१०।–
आवश्यक कागजातहरुः-

क) निवेदन    

सेवा प्रकारः- नगरपालिकाबाट उपलब्ध हुने
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- उपशाखा प्रमुख प्रमुख÷कार्यकारी अधिकृत
सेवा दिने कार्यालयः- भक्तपुर नगरपालिका
सेवा शुल्कः- तोकिए अनुसार
आवश्यक कागजातहरुः-

क) जग्गाधनी प्रमाणपत्र
ख) अघिल्लो बर्षको मालपोत तिरको रसिद

सेवा प्रकारः- नगरपालिकाबाट उपलब्ध हुने
सेवा समयः- -
जिम्मेवार अधिकारीः- उपशाखा प्रमुख प्रमुख÷कार्यकारी अधिकृत
सेवा दिने कार्यालयः- भक्तपुर नगरपालिका
सेवा शुल्कः- तोकिए अनुसार
आवश्यक कागजातहरुः-

क) निवेदन, स्क्रीप ।(सञ्चार मन्त्रालयको स्वीकृति पत्र)   

सेवा प्रकारः- नगरपालिकाबाट उपलब्ध हुने
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- उपशाखा प्रमुख/प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- भक्तपुर नगरपालिका
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

क) निवेदन
ख) गत वर्षको भर्पाई
ग) मोहियानी निस्सा तोकिए अनुसार   

सेवा प्रकारः- नगरपालिकाबाट उपलब्ध हुने
सेवा समयः- ७ दिन
जिम्मेवार अधिकारीः- उपशाखा प्रमुख प्रमुख÷कार्यकारी अधिकृत
सेवा दिने कार्यालयः- भक्तपुर नगरपालिका
सेवा शुल्कः- रु.१०।–
आवश्यक कागजातहरुः-

क) निवेदन
ख) सक्कल भौचरू   

सेवा प्रकारः- नगरपालिकाबाट उपलब्ध हुने
सेवा समयः- सम्बन्धित वडाको प्राविधिकबाट मुल्याकंन भइ आएको मितिले २ दिन भित्र
जिम्मेवार अधिकारीः- प्रमुख, प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- भक्तपुर नगरपालिका
सेवा शुल्कः- निवेदन दस्तुर रु.–१०।– र मूल्यांकन अनुसारको कर
आवश्यक कागजातहरुः-

क) निवेदन
ख) जग्गाधनी प्रमाणपूर्जा
ग) चालु वर्षसम्मको मालपोत तिरेको रसिद
घ) नागरिकताको प्रतिलिपि
ङ) नापी नक्सा

सेवा प्रकारः- नगरपालिकाबाट उपलब्ध हुने
सेवा समयः- -
जिम्मेवार अधिकारीः- क्रमानुगत उपशाखा प्रमुख प्रमुख/कार्यकारी अधिकृत
सेवा दिने कार्यालयः- भक्तपुर नगरपालिका
सेवा शुल्कः- प्रति दिन संस्था – २०००।– व्यक्ति रु. २५००।–
आवश्यक कागजातहरुः-

क) निवेदन ।
ख) फाराम भर्ने ।            

सेवा प्रकारः- नगरपालिकाबाट उपलब्ध हुने
सेवा समयः- -
जिम्मेवार अधिकारीः- प्रमुख
सेवा दिने कार्यालयः- भक्तपुर नगरपालिका
सेवा शुल्कः- प्रति दिन रु. ८००।–
आवश्यक कागजातहरुः-

क) निवेदन ।
ख) फाराम भर्ने ।           

सेवा प्रकारः- नगरपालिकाबाट उपलब्ध हुने
सेवा समयः- -
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- भक्तपुर नगरपालिका
सेवा शुल्कः- प्रति महिना रु. २५।–
आवश्यक कागजातहरुः-

-

सेवा प्रकारः- नगरपालिकाबाट उपलब्ध हुने
सेवा समयः- -
जिम्मेवार अधिकारीः- प्रमुख
सेवा दिने कार्यालयः- भक्तपुर नगरपालिका
सेवा शुल्कः- प्रति दिन स्वदेशी – ७५०००।– विदेशी रु. १,५०,०००।–
आवश्यक कागजातहरुः-

क) निवेदन ।
ख) फाराम भर्ने ।        

सेवा प्रकारः- नगरपालिकाबाट उपलब्ध हुने
सेवा समयः- -
जिम्मेवार अधिकारीः- प्रमुख
सेवा दिने कार्यालयः- भक्तपुर नगरपालिका
सेवा शुल्कः- प्रति दिन स्वदेशी – रु. १,२५०।– देखि रु. १२,५००।– विदेशी रु. १२,५००।– देखि रु. ६५,०००।–
आवश्यक कागजातहरुः-

क) निवेदन ।
ख) फाराम भर्ने ।         

सेवा प्रकारः- नगरपालिकाबाट उपलब्ध हुने
सेवा समयः- _
जिम्मेवार अधिकारीः- _
सेवा दिने कार्यालयः- भक्तपुर नगरपालिका
सेवा शुल्कः- –
आवश्यक कागजातहरुः-

_

सेवा प्रकारः- नगरपालिकाबाट उपलब्ध हुने
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रमुख
सेवा दिने कार्यालयः- भक्तपुर नगरपालिका
सेवा शुल्कः- प्रति रोपनी रु. ५००।–का दरले
आवश्यक कागजातहरुः-

निबेदन

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रमुख
सेवा दिने कार्यालयः- भक्तपुर नगरपालिका
सेवा शुल्कः- क) गैर सार्क रु. १५००।– वा १५ डलर, ख) सार्क तथा छिमेकी राष्ट्र चीन प्रति व्यक्ति रु. ५००।–
आवश्यक कागजातहरुः-

पस्स्पोर्ट

जानकारी

Pages