FAQs Complain Problems

News

वडा नं १०

संक्षिप्त परिचय

भक्तपुर नगरपालिकाको साविक ४ हाल वडा नं. १० भएको छ । यस वडाको क्षेत्रफल १.६३६३ वर्ग कि.मी. छ । यस वडाको पूर्वमा चाँगुनारायण नगरपालिकाको वडा नं. ५ र ७, पश्चिममा भक्तपुर नगरपालिका वडा नं. ६, उत्तरमा चाँगुनारायण नगरपालिका वडा नं. ५ र दक्षिणमा भक्तपुर नगरपालिका ९ र ६ नं. वडा रहेको छ ।
२०७८ सालको जनगणनाको प्रारम्भिक तथ्याङ्क अनुसार यस वडामा पुरुष ६,८२८ जना र महिला ६,७५१ जना गरी जम्मा कूल १३,५७९ जना छन् । हालसम्म १४२ थरका मानिसहरु बसोबास गरेको पाइएको छ । कूल घर परिवार सङ्ख्या ३,२४० रहेको छ । २०६८ सालको तुलनामा घरधुरी ६०८ र कूल जनसङ्ख्या २,५६८ जनाले बढेको देखिन्छ । २०७८ साल फागुन १८ गतेसम्म अध्यावधिक भएको तथ्याङ्क अनुसार यस वडाको मतदाता सङ्ख्या ४,७३४ जना रहेको छ ।  

साँस्कृतिक सम्पदाहरु

मुख्य टोलहरु – १९ ओटा
पोखरी – ८ ओटा (३ ओटा पुरिएका समेत)
सामुदायिक आधरभूत विद्यालय – २ ओटा
निजी विद्यालय – १२ ओटा
द्यःछेँ – ३ ओटा
पाटी – ५४ ओटा
सत्तलपाटी – ६ ओटा
मन्दिर – १२ ओटा
चैत्य – २४ ओटा
ढुङ्गे धारा – ११ ओटा
ईनार – ६ ओटा
कुवा – १० ओटा
सार्वजनिक शौचालय – ३ ओटा
दाफा भजन – ७ ओटा
बाजा समूह – २२ ओटा
मठ – २ ओटा

मुख्य पर्यटकीय स्थानहरु

महालक्ष्मी सतल
कमलबिनायक सतल
सरस्वती पाटी
महालक्ष्मी पाटी
लान्चा फल्चा र बगैंचा
क्वाठण्डौ ईनार
कमलविनायक चिभ देग
बाल उद्यान
कमलविनायक पोखरी
नाग पोखरी
वेखाद पोखरी

वडा नं. १० वडा समिति

अध्यक्ष : लक्ष्मीप्रसाद ह्यौंमिखा
सदस्य : कृष्ण नारायण दुमरु
सदस्य : जितेन्द्र मनंकर्मी
सदस्य : तारादेवी शाक्य
सदस्य : विष्णु देवी काम

Nepali
Population: 
११०११
Ward Contact Number: 
०१६६१२१३९
Weight: 
0