FAQs Complain Problems

News

विद्यालयमा अध्ययनरत ५ वर्षदेखि ११ वर्षसम्मका विद्यार्थीहरूलाई कोभिड विरूद्धको फाइजर खोप लगाउने सम्बन्धी सूचना (मितिः २०७९।०३।०८)

कोरोनाविरुद्धको राष्ट्रिय खोप अभियानअनुसार भक्तपुर नगरपालिकामा यही मिति २०७९ असार ९ गते विहिबारदेखि असार १५ गतेसम्म सञ्चालन हुँदैछ । सो खोप अभियानमा ५ वर्षदेखि ११ वर्षसम्मका उमेर समूहका सबै बालबालिकाहरूलाई आफ्नो विद्यालयको लागि तोकिएको खोप केन्द्रमा गई खोप लगाउनुहुन अनुरोध गरिन्छ ।
विद्यालयमा भर्ना नभएका बालबालिकाहरू नजिकको खोप केन्द्रमा गई खोप लगाउनुहुन अनुरोध गरिन्छ ।
खोप लगाउने समय : बिहान १० बजेदेखि ४ बजेसम्म

खोप केन्द्रहरुः–
खोप लगाउने मिति २०७९ असार ९ गते, बिहीबार वडा नं १ :– गणेश मावि (ज्ञानविजय आ.वि., जेनिथ, शिशुस्याहार पनि), राजश्री गुरुकुल, अक्सफोर्ड स्कूल, सनसाइन नेसनल स्कूल, सूर्यविनायक इ. स्कूल (सन्तति), भक्तपुर मोर्डन स्कूल, निकोल्सन इ. स्कूल, लिटिल वल्र्ड (सेराफ इ. स्कूल)

खोप लगाउने मिति २०७९ असार ९ गते, बिहीबार वडा नं ३:–  महेन्द्र विद्याश्रम (ज्ञानतारा र मन्टेश्वरी) , पद्म मावि (बालमन्दिर), मेधा मावि (उदय प्रावि)

खोप लगाउने मिति २०७९ असार १० गते, शुक्रबार वडा नं ३:– बासु मावि (होलिगार्डेन, सिरिकेन), हिमालय ग्लोरी (इजी पायोनियर, मन्टेश्वरी), एभरेष्ट इ. स्कूल र एभरेष्ट भक्तपुर स्कूल, जेसिस से. स्कूल (सामुदायिक स्कूल, शारदा मावि, जागृति, सीबीआर, एम्स)

खोप लगाउने मिति २०७९ असार १० गते, शुक्रबार वडा नं ६:– प्रभात इ. सें स्कूल (शिशुस्याहार), गोल्डेन गेट, द राइजिङ स्कूल (श्री आ.वि.)

खोप लगाउने मिति २०७९ असार ११ गते, शनिबार:– सैनिक आ.मा.वि.

खोप लगाउने मिति २०७९ असार १२ गते, आइतबार वडा नं ४:– साइनिङ स्टुडेन्ट्स एकेडेमी, लनर्स एकेडेमी, मिनर्वा, ब्राइट स्टार, तारा मावि (शिशुस्याहार, जनसेवा, ग्लिटर फ्युचर, सुस्त मनस्थिति, श्री शारदा), डेमोस इ. स्कूल, स्याकरिड हार्ट, शान्ति निकेतन

खोप लगाउने मिति २०७९ असार १३ गते, सोमबार वडा नं ५:– विद्यार्थी निकेतन (वरदायणी), आदर्श आजाद (चण्डेश्वरी आ., सुस्त मनस्थिति, भारती आ.वि., द्योला आवि), विद्या आर्जन (प्रोक्सिमा)

खोप लगाउने मिति २०७९ असार १३ गते, सोमबार वडा नं ७ः– बालसेवक आवि (प्रवेश एकेडेमी, शिशुस्याशार, नवीन आवि), वाइजल्याण्ड (इमेज स्कूल), विद्याविकास स्कूल, सूर्योदय मावि

खोप लगाउने मिति २०७९ असार १४ गते, मंगलबार वडा नं ८ः– बालबिकास (मर्निङ ग्लोरी, सिद्धि शारदा, ब्रम्हचारिणी), ख्वप्रिड इ. से. (भीमआदर्श, ८ नं. वडा शिशुस्याहार), लिशा इ. से. (ब्रम्हायणी स्कूल), समाज सुधार (समाज सेवा इस्टिच्युट, महेन्द्र आ.वि.)

खोप लगाउने मिति २०७९ असार १४ गते, मंगलबार वडा नं ९ः– वागीश्वरी मावि कमलबिनायक (अमरज्योति विद्यालय), वागीश्वरी मावि च्याम्हासिंह, सरस्वती विद्यागृह (दत्तात्रय आ.वि.)

खोप लगाउने मिति २०७९ असार १५ गते, बुधबार वडा नं १०ः– जेन्यूइन मावि (किन्डर केयर वल्र्ड, हिमालयन इ. स्कूल), क्रियटिभ इ. स्कूल (हंसबाहिनी), स्कलर होम, मनकामना इ. स्कूल (कमलबिनायक किन्डर गार्डेन), समता शिक्षा निकेतन, पारागन (बीजडम), न्यातापोल बोर्डिङ स्कूल, माउण्ट भ्याली, इष्ट प्वाइन्ट, रोम्बस (ग्लोबल लाइफ)