News
भक्तपुर हस्तकला (प्रेस) औद्योगिक क्षेत्रमा सरसफाइ कार्यक्रम
भक्तपुर हस्तकला (प्रेस) औद्योगिक क्षेत्रमा सरसफाइ कार्यक्रम
२०७९ असार १५ गते, बुधबार
भक्तपुर नगरपालिकाको आयोजनामा भएको पाक्षिक सरसफाइ कार्यक्रम अन्तर्गत बुधबार भक्तपुर हस्तकला (प्रेस) औद्योगिक क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा वातावरण समितिका सयोजक तथा ९ नं. वडाका वडा अध्यक्ष रविन्द्र ज्याख्वले हरेक सम्पदा क्षेत्र, पोखरीको सरसफाइ कार्य खुल्ला अभियानका रुपमा लामो समयदेखि चलाउदै आएको र कोभिडको कारणले स्थगित भएकोले पुन कार्यक्रमलाई निरन्तरता दिएको बताउनुभयो । काठमाडौ उपत्यकामा हैजाको संक्रमण देखापरेकोले सतर्क हुनुपर्ने समेत बताउनुभयो ।
उहाँले हाम्रो ठाउँ हामी सबै सफा गरौ भन्ने उद्देश्यले नगरपालिकाले सरसफाइ कार्यक्रम सन्चालन भएको बताउनुभयो । आगामी आर्थिक वर्षमा भक्तपुर नगरपालिकाले सरसफाईको लागि १३ करोड ५० लाख बजेत बिनियोजन गरिएको जानकारी समेत दिनुभयो ।
कार्यक्रममा शिक्षक शिक्षिका, जनप्रतिनिधि, कर्मचारी, कर्मचारी, सहकारीकर्मी तथा शुभचिन्तकहरुको उपस्थिती रहेको थियो ।