News
विभिन्न महानगरपालिका, उप-महानगरपालिका र नगरपालिकाका प्रमुख, उप-प्रमुख एवं जनप्रतिनिधिहरु भनपामा स्वागत कार्यक्रम
भक्तपुर ।
भक्तपुर नगरपालिकाले सोमबार विभिन्न महानगरपालिका, उप महानगरपालिका र नगरपालिकाबाट आउनुहुने प्रमुख, उप प्रमुख एवं जनप्रतिनिधिहरुलाई नगरपालिका सभाकक्षमा स्वागत ग¥यो । भक्तपुरको आप्mनै उत्पादन कालो टोपी, गलबन्दी र थैली उपहार दिएर स्वागत गरिएको उक्त कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले नगरपालिकाका गतिविधिहरुको बारेमा जानकारी दिनुभयो ।
उहाँले आठौं शताब्दीदेखि स्वतन्त्र राज्यको रुपमा सभ्यता बोकेको भक्तपुर आफैंमा जीवित संग्रहालय भएको चर्चा गर्दै यसलाई साँस्कृतिक शहरको रुपमा राज्यबाट घोषणा गराउन पहल भइरहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले २०७२ को विनाशकारी भूकम्पले भक्तपुरका १३६ भन्दा बढी सम्पदा र ८ हजारभन्दा बढी निजी घरहरुमा क्षति पु¥याएको उल्लेख गर्दै सम्पदा पुनःनिर्माणमा नगरपालिकाले विशेष ध्यान दिइरहेको प्रष्ट पार्नुभयो । उहाँले सम्पदा संरक्षणमा स्थानीय जनताको अपनत्वसहित उपभोक्ता समितिमार्फत कम लागतमा उच्च गुणस्तरीय कार्य भइरहेको उल्लेख गर्नुभयो ।
निर्वाचनको बेला जनताबीच प्रतिवद्धता व्यक्त गरे अनुसार नगरपालिकाले शिक्षा र स्वास्थ्य उपचारको क्षेत्रमा प्राथमिकता दिएको उहाँको भनाइ थियो । ‘नगरपालिकाले ६ वटा शिशु स्याहार केन्द्र, ७ वटा शैक्षिक संस्थाहरु, ३ वटा जनस्वास्थ्य केन्द्रहरु र दशवटै वडामा नर्स र स्वास्थ्य स्वयंसेविका खटाएर घरदैलोमा नर्सिङ सेवा प्रदान गरिरहेका छौं, अब ख्वप अस्पताल र ख्वप विश्वविद्यालय स्थापनाको तयारीमा छौं’, प्रमुख प्रजापतिले भन्नुभयो ।
नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुरका गतिविधिबारे जानकारी लिने उद्देश्यले भक्तपुरको भ्रमणमा आउनुहुने विभिन्न नगरपालिकाका जनप्रतिनिधिहरुलाई स्वागत गर्दै अनुभव आदान प्रदानले धेरै कुरा सिक्न सकिने विश्वास गर्नुभयो ।
देको मिवा इटापाके जग्गा एकीकरण आयोजनाका प्रमुख आ. दिलभक्त जयनाले नगरपालिकाले संचालन गरिरहेका व्यवस्थित आवास योजनाहरुको स्थितिबारे अवगत गराउनुभयो ।
भक्तपुर नगरपालिकामा जनप्रतिनिधिहरु बहाल भएपछिको प्रगतिबाट प्रभावित भएको उल्लेख गर्दै विभिन्न नगरपालिकाका जनप्रतिनिधिहरुले भक्तपुरबाट धेरै कुरा सिक्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणा, बेंसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुंगाना, गौरीगंगा नगरपालिकाका उप प्रमुख अंचला चौधरी, घोडाघोडी नगरपालिकाका उप प्रमुख प्रेम कुमारी थापा, भेरीगंगा नगरपालिकाका उप प्रमुख रेणु आचार्य लगायतले उपभोक्ता समितिमार्फत कार्य गर्ने शैली, घरदैलोमा नर्सिङ सेवा संचालन प्रकृया, ख्वप कलेजहरु संचालन भइरहेको आदिबारे उत्सुकतापूर्वक जिज्ञासाहरु व्यक्त गर्नुभएको थियो ।
बीरगञ्ज महानगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका, नीलकण्ठ नगरपालिका, बाँसगढी नगरपालिका, कविलासी नगरपालिका, हेटौडा उपमहानगरपालिका, घोडाघोडी नगरपालिका, बेसीशहर नगरपालिका, दुहवी नगरपालिका, गौरीगाां नगरपालिका र भेरीगंगा नगरपालिकाबाट आउनुहुने प्रमुख, उप प्रमुख, वडाध्यक्ष, प्रमुख पशासकीय अधिकृतलगायतलाई औपचारिक कार्यक्रम पछि भक्तपुर नगरका सम्पदास्थलहरुको भ्रमण गराइएको थियो । त्यस्तै नगरपालिकाबाट संचालित ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेजका प्राचार्य रुपक जोशीले कलेजहरुको भ्रमण गराई कलेज संचालनबारे जानकारी दिनुभयो ।
मध्यपुरका नगर प्रमुखमाथि साँघातिक हमलाको भक्तपुर नगर प्रमुखद्वारा भत्र्सना
भक्तपुर ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मध्यपुर नगरपालिका प्रमुख मदन सुन्दर श्रेष्ठमाथि हालै भएको साँघातिक हमलाको घोर भत्र्सना गर्नुभयो । विभिन्न नगरपालिकाका जनप्रतिनिधिहरुलाई भक्तपुर नगरपालिकामा स्वागत गर्ने क्रममा प्मुख प्रजापतिले जनप्रतिनिधिमाथिको हमला खेदजनक भएको उल्लेख गर्दै दोषीमाथि कार्वाही गर्न माग गर्नुभयो ।