News
राष्टिय कला संग्रहालयको भवन पुन:निर्माण सम्बन्धी छलफल कार्यक्रम २०७५।०२।१९
भक्तपुर, १९ जेठ । भक्तपुर नगरपालिकाले भनपा वडा नं. ३ दरवार क्षेत्रमा अवस्थित राष्ट्रिय कला सङ्ग्रहालय भवन पुनःनिर्माण सम्बन्धमा शनिबार नपाको सभाकक्षमा विभिन्न क्षेत्रका विज्ञ, प्राध्यापक, संस्कृतिविदहरूस“ग छलफल कार्यक्रम आयोजना ग¥यो । कार्यक्रममा प्रतिनिधिसभाका सांसद प्रेम सुवालले सम्पदा जीर्णोद्धार र पुनःनिर्माणको कार्य ठेक्कापट्टाभन्दा पनि स्थानीय जनताको उपभोक्ता समिति र अमानतमार्फत गरिनुपर्ने विचार राख्नुभयो । सम्पदा क्षेत्रको जीर्णोद्धार संवेदनशील कार्य भएको बताउ“दै सांसद सुवालले यसको संरक्षणमा स्थानीय जनताको महŒवपूर्ण भूमिका रहने चर्चा गर्नुभयो । उहा“ले पुरातŒव विभाग, नगरपालिकाको समन्वयमा स्थानीय कालीगडको प्रयोग गरेर पुनःनिर्माणको काम अगाडि बढाउनुपर्ने बताउ“दै ठेक्कापट्टा दिइनु गलत हुने धारणा राख्नुभयो । उहा“ले संसद प्राज्ञिक थलो भएको बताउ“दै संसदीय परम्परा थाहा नभएका मान्छेहरू सांसद भएका कारण देश अगाडि बढ्न नसकेको बताउनुभयो । सत्ताको मातले संसदमा असंवैधानिक धम्कीको भाषा बोल्ने सांसदहरूको आलोचना गर्दै उहा“ले सरकार निरङ्कुश ढ·ले अगाडि बढे देश अप्ठ्यारो स्थितिमा पर्ने बताउनुभयो । गणतान्त्रिक व्यवस्थामा समेत राष्ट्रपति विद्यादेवी भण्डारीको सवारी महारानीको सवारीजस्तो भइरहेको र त्यस कार्य अशोभनीय भएको बताउ“दै जनतालाई दुःख दिनु राजनेताको उद्देश्य हुनुहु“दैन भन्नुभयो । सांसद सुवालले संसद सदस्य भनेको देशको नीति कार्यक्रम, बजेट, विधेयक, दुईपक्षीय र बहुपक्षीयबीच समन्वय गर्ने निकाय भएको उल्लेख गर्दै सांसदको भागमा बजेट छुट्याउने कार्य गलत भएको बताउनुभयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सम्पदा स्थानीय जनताको मात्र नभई संसारकै सम्पत्ति भएको कारण यसको संरक्षण र संवद्र्धन अध्ययन–अनुसन्धान गरी कार्य अगाडि बढाउनुपर्ने बताउनुभयो । उहा“ले विश्व सम्पदा क्षेत्रभित्रका सम्पदा संरक्षण गर्नु नपाको कर्तव्य भएको चर्चा गर्दै सम्पदा संरक्षणमा स्थानीय कालीगडलाई प्रयोग गरी सम्पदाहरूलाई मौलिक शैलीमा नै पुनःनिर्माण गर्नुपर्नेमा जोड दिनुभयो । प्रमुख प्रजापतिले सम्पदा संरक्षण नपा र पुरातŒव विभागको समन्वयमा अगाडि बढाउनुपर्ने बताउ“दै नपाको नियमविपरीतका अडानहरू अस्वीकार्य रहेको बताउनुभयो । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले सिंहध्वाका (न्ह्यकं झ्याः) कोे ऐतिहासिक, सामाजिक एवम् सांस्कृतिक महŒव, संरक्षणका विधिहरूबारे आफ्नो प्रस्तुति दिनुभएको थियो । तत्कालीन राणा शासकहरूले दरवारको आधा भाग भत्काएर पश्चिमी शैलीमा लालबैठक बनाउ“दा दरवारको मल्लकालीन सम्पदा नास भएको उहा“को कथन थियो । कार्यक्रममा भक्तपुर जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सम्पदा पुनःनिर्माणमा भक्तपुर नपाको अगुवाइ उल्लेखनीय भएको चर्चा गर्दै कला–संस्कृतिको मौलिक जगेर्नाको निम्ति स्थानीय जनताको प्रत्यक्ष सहभागिता महŒवपूर्ण हुने बताउनुभयो । उहा“ले सम्पदा पुनःनिर्माणमा स्थानीय कालीगडको कौशललाई सम्बोधन गर्नुपर्ने बताउ“दै निर्माण कार्यहरूमा युग सुहाउ“दो आधुनिक प्रविधिहरूलाई प्राथमिकता दिइनु उपयुक्त हुने बताउनुभयो । गुठी संस्थानका प्रमुख मीनराज चौधरीले सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धार कार्यमा नगरपालिका, गुठी संस्थान र पुरातŒव विभागबीच समन्वय गरी अगाडि बढ्नुपर्ने बताउनुभयो । उहा“ले सम्पदालाई अभिलेख बनाएर समयमै निर्माण सम्पन्न गर्न अग्रसर हुनुपर्ने बताउनुभयो । पुल्चोक क्याम्पका प्रा.डा. प्रेमनाथ मास्केले सम्पदा निर्माणजस्तो संवेदनशील कार्यलाई ठेक्का दिंदा निर्माण सामग्रीहरूको गुणस्तरीयतामा समस्या आउन सक्ने बताउनुभयो । दरवार क्षेत्रमा अवस्थित पचपन्न झ्याले दरवारको सरसफाइ र संरक्षण गर्नुपर्ने बताउ“दै स्थानीय र विदेशी पर्यटकको लागि त्यसलाई खुला गर्नुपर्ने सुझाव दिनुभयो । प्राध्यापक भरत शर्माले भक्तपुरमा अरु ठाउ“को तुलनामा सम्पदाहरू संरक्षित हुनु सकारात्मक भएको बताउ“दै सम्पदा पुनःनिर्माणमा भक्तपुर नगरपालिकाले पुरातŒव विभागको इज्जत राखिदिएको बताउनुभयो । भक्तपुरको सम्पदा संरक्षणमा स्थानीय कालीगडकै महŒवपूर्ण भूमिका भएको हु“दा सम्पदा संरक्षण जागरुक ढ·ले अगाडि बढाउनुपर्ने बताउनुभयो । पुरातŒव विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीले पुरातŒव विभागको विचार केन्द्रीय सरकारको विचार भएको बताउ“दै सम्पदा संरक्षणमा नगरपालिका र पुरातŒव विभागको सहकार्य महŒवपूर्ण हुने बताउनुभयो । उहा“ले सम्पदा पुनःनिर्माण राष्ट्रिय गौरवको विषय भएको हु“दा पटक–पटकको छलफल र अन्तरक्रियाहरू आवश्यक भएको बताउनुभयो । प्राध्यापक सुदर्शनराज तिवारीले निर्माण कार्यहरूमा आधुनिक प्रविधिको प्रयोग हुनसक्ने बताउ“दै सम्पदा पुनःनिर्माणमा पुरानो प्रमाणको आधारमा निर्णय लिनु बुद्धिमत्तापूर्ण हुने बताउनुभयो । पुनःनिर्माणको कार्य गर्दा त्यसको जग अध्ययन गर्नु र मल्लकालीन शैली अपनाएर सम्पदा पुनःनिर्माण गर्नु उपयुक्त हुने बताउनुभयो । राष्ट्रिय कला सङ्ग्रहालयका प्रमुख सरस्वती सिंहले सम्पदा संरक्षण प्रक्रियागत रुपमा निर्णय गराउन सकिने बताउ“दै राष्ट्रिय कला सङ्ग्रहालयको पुनःनिर्माणमा पुरातŒव विभाग र नगरपालिकाको समन्वय हुनसके उदाहरणीय रहने बताउनुभयो । उहा“ले पचपन्न झ्याल दरबारको नियमित सरसफाइको आवश्यकता औंल्याउ“दै नेपालीहरूको लागि पचपच्च झ्याल दरवारलाई खुला सङ्ग्रहालयको रुपमा पुनः सुरु गर्नुपर्ने बताउनुभयो । संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठले पुराना दरबारहरू आक्रमण र प्रत्याक्रमणबाट बच्न चोकसहितको दरबार निर्माण भएको हुनसक्ने बताउ“दै सिंहध्वाकाको पुनःनिर्माण पुरानै मौलिक स्वरुपमै बनाउनुपर्ने बताउनुभयो । साथै पुनःनिर्माणको क्रममा त्यहा“का पुराना वस्तुहरूलाई सुरक्षित रुपमा संरक्षण गर्नुपर्ने बताउनुभयो । सम्पदा पुनःनिर्माण हामी आफैले गर्नसक्ने बताउ“दै संरक्षणविद् सूर्यभक्त सांगाछेंले पुर्खाको छोडेको सम्पत्तिलाई हामीले पुरानै शैली दिएर निर्माण गर्नु आवश्यक रहेको बताउनुभयो । स्थानीय समाजसेवी श्याम धौभडेलले पुनःनिर्माणका कार्यहरूमा ढिलाइ हु“दा यहा“ घुम्न आउने पर्यटकहरूबाट नकारात्मक प्रतिक्रियाहरू प्राप्त हुने बताउ“दै आफ्नो गौरवको हिसाबले पनि पुनःनिर्माणहरू द्रुतगतिमा अगाडि लानुपर्ने बताउनुभयो । कार्यक्रमको सञ्चालन वडा अध्यक्ष रवीन्द्र ज्याख्वले गर्नुभएको थियो भने निरु शिल्पकारले भाजु पोखरीबारे प्रस्तुतीकरण गर्नुभएको थियो । नगरपालिकाको आयोजनामा प्रसिद्ध सिंहध्वाका (न्हयेक“ झ्याः) दरवार जीर्णोद्धारसम्बन्धी शनिबार भएको छलफल कार्यक्रमबाट भएका निर्णयहरू ः– १. नेपाल सरकार पुरातŒव विभागअन्तर्गतको राष्ट्रिय कला संग्रहालय भएको सिंहध्वाका (न्ह्येक“ झ्याः) दरवार जीर्णोद्धार सम्बन्धित पुरातŒव विभागले दिएको टेण्डर खारेज गर्न विभागलाई आग्रह गर्ने । २. उक्त दरवार जीर्णोद्धारको लागि नेपाल सरकार पुरातŒव विभागबाट विनियोजित बजेट रकम भक्तपुर नगरपालिकाको कोषमा निकासा गर्न माग गर्ने तथा नगरपालिकाले नियमानुसार अमानतमा वा उपभोक्ता समितिमार्फत जीर्णोद्धार गर्ने । ३. प्रसिद्ध पचपन्न झ्याल दरवार जीर्णोद्धार नमुनाअनुसार भक्तपुर नगरपालिका र पुरातŒव विभागले संयुक्त रुपमा उक्त दरवार जीर्णोद्धार गर्न भक्तपुर नगरपालिकाको कोषमा बजेट निकासा माग गर्ने ।