News
भ.न.पा.का प्रमुख सुनिल प्रजापतिले र गुठी संस्थान कार्यालय, भक्तपुरका प्रमुख हरि सुवेदी भेटघाट
भ.न.पा.का प्रमुख सुनिल प्रजापतिले गुठी संस्थान कार्यालय, भक्तपुरका प्रमुख हरि सुवेदीलाई कार्य कक्षमा बोलाई ५ तल्ले मन्दिरमा पहिलो तल्लामा झण्डा राखेको, देको–मिवा–इतापाके जग्गा एकीकरण आवास आयोजनामा गुठी जग्गाबारे देखिएका समस्याहरु र गुठी संस्थानको भवन निर्माण सम्बन्धमा जनस्तरमा आएको गुनासोहरुबारे ध्यानाकर्षण गर्नुभयो ।
गुठी संस्थान प्रमुख सुवेदीले ५ तल्ले मन्दिरमा झण्डा राख्नेहरुलाई खाजा खर्चको रुपमा केही रकम दिने परम्परा रहेको, गत वर्ष ३ हजार रुपैया दिएकोमा यो वर्ष ५ हजार खाजा खर्च दिएको, रकम नपुग भएको भए छलफल गरेर समाधान गर्न सकिनेमा चर्चामा ल्याएकोमा दुःख लागेको बताउंदै छिट्टै नै सम्बन्धित पक्षसंग छलफल गरी समाधान गर्ने बताउनु भयो ।
गुठी जग्गाबारे तुमचो दुगुरेका समस्या समाधान भइसकेको, देको–मिवा–इतापाके आवास योजनाबारे पछि गुुठी संस्थानका केन्द्रीय प्रशासकहरुस“ग बसेर टुंग्याउन सकिने र दरवार क्षेत्रस्थित गुठी संस्थानको भवन परम्परागत शैली झल्किने गरी नक्सा पास प्रक्रिया अगाडि बढाएको र पुरानै शैलीमा निर्माण गर्ने जानकारी दिनुभयो ।