News
भक्तपुर नगर पालिकाको तेस्रो नगरसभा उदघाटन समारोह २०७५।०३।०८
भक्तपुर नगरपालिकाको तेस्रो नगरसभा असार ८ गते नपाको सभाकक्षमा एक समारोहबीच शुभारम्भ भयो । सभाको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले नीति तथा कार्यक्रम बजेट बनाउने आधार पार्टीको घोषणापत्र नै हो र स्थानीय तह जनताको प्रत्यक्ष सेवा गर्ने थलो हो भन्नुभयो ।
विकास निर्माण कार्य उपभोक्ता समिति र अमानतबाटै गर्नुपर्नेमा जोड दिंदै सांसद सुवालले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले दमकल र एम्बुलेन्सजस्तै समयमै खटेर जनताको सेवा गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
नीति तथा कार्यक्रमअनुसारको बजेट ल्याएर कार्यान्वयन गर्न आ–आफ्नो स्थानबाट इमानदारीपूर्वक काम गर्नुपर्ने आवश्यकता औंल्याउ“दै उहा“ले भन्नुभयो –‘नपाले एनजीओ र आईएनजीओलाई नियन्त्रण गर्न लागिरहेको बेला कर्मचारीलाई व्यवसाय गर्न दिने÷एनजीओमा जान पाउने विधेयक मस्यौदा गलत छ, यस्तो कानुन बने देशलाई नवउपनिवेश बनाउ“छ ।’
उहा“ले नगरकोटलाई जलाधार क्षेत्र घोषणा गर्न, सांस्कृतिकस्थल सल्लाघारी क्षेत्र र दूध चिस्यान केन्द्र पुनः सार्वजनिक गर्न, बा“सघारी खानेपानी भण्डारणमा फिल्टर राखी शुद्ध पानी खुवाउन नपाले सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गरिरहनुपर्छ भन्नुभयो ।
भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठान र ख्वप विश्वविद्यालय विधेयक पारित गराउन उहा“ले संसदमा सरकारको ध्यानाकर्षण गरिरहेको बताउनुभयो ।
उहा“ले भक्तपुर औद्योगिक क्षेत्रबाट कर उठाउनुपर्ने र यस क्षेत्रबाट ध्वनी, धुवा“, रसायन, प्रदूषणयुक्त उद्योगहरु हटाएर हस्तकलामा आधारित उद्योगमात्र सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रमका सभापति एवं भनपाका प्रमुख सुनिल प्रजापतिले आ.व. २०७५÷७६ को प्रस्तावित नीति तथा कार्यक्रम पास भएपछि बजेट पेश गर्ने बताउनुभयो ।
स्थानीय तहलाई कर्मचारी नियुक्ति गर्न रोक लगाउनु स्थानीय तहको स्वायत्ततामाथि हस्तक्षेप हो, उहा“ले भन्नुभयो ।
प्रस्तावित नीति तथा कार्यक्रममा ख्वप विश्वविद्यालय स्थापना गर्न कार्य दल गठन गर्ने, शिक्षकहरूलाई तालिमको बन्दोबस्त गर्ने, अध्ययन अनुसन्धान गर्ने विद्यार्थीहरूलाई आर्थिक अनुदानको व्यवस्था मिलाइने, शैक्षिक वर्ष ०७६ देखि कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रमस“गै नेपालभाषाको पाठ्यक्रम लागू गर्ने उल्लेख छ ।
त्यस्तै योग्य तर आर्थिक स्थिति कमजोर भएका विद्यार्थीलाई रू. ५ लाखसम्म सहुलियत व्याज दरमा ऋण दिने, चिकित्साशास्त्रअन्तर्गत विभिन्न विषयमा एमडी वा सोसरह स्नातकोत्तर तह अध्ययन गर्ने विद्यार्थीमध्ये यो वर्ष दुई जनालाई छात्रवृत्ति प्रदान गर्ने, भक्तपुर नगरपालिकाले पुरानो क्षेत्र सीमाड्ढन गरी सांस्कृतिक नगर घोषणाको लागि कार्यदल गठन गर्ने, भक्तपुरको सांस्कृतिक र जनजीवन झल्किने सांस्कृतिक सङ्ग्रहालयको लागि अगाडि बढ्ने, आदर निकेतन सञ्चालनको लागि पहल गर्ने आदि प्रस्तावहरू नीति तथा कार्यक्रममा रहेका छन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भ¬ट्ट, भनपाका उपप्रमुख रजनी जोशी, वडा नं. ७ का वडा अध्यक्ष उकेश कवां र भनपाका प्रमुख प्रशासकीय अधिकृत रोहितराज पोखरेलले पनि बोल्नुभएको थियो ।