News
भक्तपुर नगरपालिकाको नीति, कार्यक्रम र बजेट सार्वजनिक
‘देश र जनताको सेवा गर्नुबाहेक नेमकिपाको कुनै उद्देश्य छैन’ भक्तपुर, ३० असार ।
भक्तपुर नगरपालिकाको तेस्रो नगर सभाबाट पारित आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिकीकरण कार्यक्रम नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भयो । अतिथि बिजुक्छेंले नगरपालिकाले जनताको भावनाअनुसार काम गर्नुपर्ने बताउ“दै हाम्रो कामले अरु नगरपालिकालाई उदाहरणीय ढ·ले इमानदारीपूर्वक काम गर्नु आवश्यक भएको बताउनुभयो । उहा“ले भक्तपुरको सय वर्षपछिको परिकल्पनालाई मूर्त रुप दिन भनपाको कार्यले महŒवपूर्ण योगदान पु¥याउने बताउनुभयो । देश र जनताको सेवा गर्नुबाहेक नेमकिपाको अरु कुनै स्वार्थ नभएको बताउ“दै नेता बिजुक्छेंले इमानदार र निःस्वार्थ भएर जनताका समस्याहरू सुल्झाउन सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । उहा“ले भन्नुभयो, ‘सरकार योजनाविहीन हुनुहुन्न, देश निर्माणको निम्ति आवश्यक प्राविधिक जनशक्ति तयारीमा जुट्नुपर्दछ ।’ भनपाका प्रमुख सुनिल प्रजापतिले भनपाको आर्थिक वर्ष २०७४÷७५ को जेठ महिनासम्मको यथार्थ आय–व्यय र २०७५÷७६ को बजेटमा भक्तपुर नगरपालिकाले ख्वप अस्पताल, अरनिको सभाभवन, आदर निकेतन, वालोद्यान आदि निर्माण गर्ने, विद्यार्थीहरूलाई छात्रवृत्ति तथा शैक्षिक ऋण उपलब्ध गराउने, कडा रोग लागेका बिरामीलाई आर्थिक सहयोग, व्यवस्थित तरकारी बजार निर्माण गर्ने, हनुमन्ते र खासाङखुसुङ खोला सुधार आदि योजनाहरू समावेश गरेको बताउनुभयो । प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नेमकिपाले प्रदेशसभामा नक्कली कम्युनिष्टहरूलाई उदाङ्ग्याउने काम गर्दै जनताको अभिमतअनुसार प्रखर प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको बताउनुभयो । उहा“ले पु“जीवादी व्यवस्थाको ठूलो अवगुण भनेको भ्रष्टाचार हो भन्नुभयो । प्रदेशसभा सांसद सृजना सैंजूले प्रदेशको नीति तथा कार्यक्रमले गरिब जनतालाई सम्बोधन गर्न नसकेको भन्दै शासक दलमा दीर्घकालीन सोचको अभाव देखिएको बताउनुभयो । भक्तपुरका प्रजिअ नारायणप्रसाद भट्टले भनपाको नीति तथा कार्यक्रम समाजवादउन्मुख रहेको चर्चा गर्दै शिक्षा, स्वास्थ्यमा उल्लेखनीय लगानी र प्राथमिकता दिएको धारणा राख्नुभयो । त्रिवि शिक्षाशास्त्र सड्ढायका पूर्व डीन पृथुचरण वैद्यले शिक्षा क्षेत्रमा लगाएको बजेट सकारात्मक रहेको बताउ“दै आर्थिक बजेट व्यवहारिक रुपमा लागू हुनुपर्नेमा जोड दिनुभयो । संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगले भक्तपुरको भविष्य निर्माणको निम्ति भनपाले निरन्तर अग्रसर भएर काम गरेको र इतिहास, कला, संस्कृतिका जगेर्ना गर्न नपाको योगदान उल्लेखनीय रहेको बताउनुभयो । इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठले राष्ट्रिय पहिचान दिने कुरालाई बचाएर राख्नुपर्ने र नगरभित्रका पर्ति जग्गाको सही संरक्षण आवश्यक रहेको बताउनुभयो । स्वागत मन्तव्य दिंदै भनपाका उपप्रमुख रजनी जोशीले जनप्रतिनिधि हु“दा विकास निर्माणको काममा तीव्रता पाएको जनताले महसुस गरेको बताउनुभयो । कार्यक्रममा भनपाका प्रमुख प्रशासकीय अधिकृत रोहितराज पोखरेल र वडा अध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो । प्रमुख अतिथि बिजुक्छेंले नगरस्तरीय तथा वडास्तरीय योजनाहरूको पेश्की फछ्र्यौट सम्पन्न गरिसकेका उपभोक्ता समितिका पदाधिकारीहरूलाई धन्यवादपत्र प्रदान गर्नुभएको थियो । साथै भक्तपुर नगर क्षेत्रमा परम्परागत शैलीमा घर निर्माण गरी निर्माण सम्पन्न प्रमाणपत्र लिएका घरधनीहरूलाई प्रशंसापत्र तथा अनुदान रकम प्रदान गर्नुभएको थियो । भनपाले आ.व. २०७५÷७६ को लागि चालूतर्फ ८७ करोड ९३ लाख ८८ हजार र पु“जीगततर्फ ८५ करोड ४६ लाख १२ हजार गरी कूल रु. १ अर्ब ७३ करोड ४० लाखको बजेट सार्वजनिक गरेको थियो ।