News
भक्तपुर नगरपालिकाको तेस्रो नगर सभा तेस्रो दिन २०७५।०३।१३ भनपा सभाहल
भक्तपुर नगरपालिकाको बुधबार बसेकोे तेस्रो नगरसभा बैठकले विनियोजन विधेयक २०७५ र भक्तपुर नगरपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) विधेयक २०७५ सर्वसम्मतिले पारित गरियो ।
बैठकमा विधायन समितिका सदस्य रविन्द्र ज्याख्वले भक्तपुर नगरपालिकाको आर्थिक विधेयक २०७५, भक्तपुर नगरपालिकाको विनियोजन विधेयक २०७५ र भक्तपुर नगरपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) विधेयक २०७५ सभामा प्रस्तुत गर्नुभयो । भनपाको प्रशासकीय कार्यविधि नियमित विधेयकमाथि नगरसभासद् शिवप्रसाद वाला र राजेन्द्र माकले आआफ्नो विचार प्रस्तुत गर्नुभएको थियो भने भनपाको विनियोजन विधेयक २०७५ बारे छलफल कार्यक्रममा नगर सभासद् सिद्धिराम अवालले बोल्नुभएको थियो ।
बैठकमा उप प्रमुख रजनी जोशीले मिति २०७५ असार १० गते सभामा प्रस्तुत गर्नुभएको आ.व. २०७५÷०७६ का लागि नगरपालिकाको अनुमानित आय–व्यय सहित १ अर्ब ७३ करोड ४० लाख रुपैया“ बराबरको बजेटमाथि सभासद्हरुबीच छलफल गरियो । बजेटबारे छलफलमा नगरसभासद्हरु रञ्जना त्वाती, विश्वराज शिल्पकार, बलराम न्हिसुतु, पूर्णगोपाल राजचल, श्यामसुन्दर मातां, राजेन्द्र माक, जितेन्द्र मुनंकर्मी, सिद्धिराम अवाल, तुल्सीलक्ष्मी दुमरु,रत्नकाजी नायभारी, शिवप्रसाद बाला, हरिरत्न गोर्खाली, सूर्यप्रसाद श्रेष्ठ, गोविन्द दुवाललगायतले आआफ्नो विचार प्रस्तुत गर्नुभएको थियो ।
प्रमुख सुनिल प्रजापतिले सभाको अर्को बैठक आगामी २०७५ असार १७ गते आइतबार दिनको १ बजे बस्ने जानकारी दिनुभयो ।