News
भक्तपुर नगरपालिकाका प्रतिनिधि र भक्तपुर उद्योग वाणिज्य संघका प्रतिनिधिबीच भेटघाट
भक्तपुर नगरपालिकाको आयोजनामा आइतबार नगरपालिकाको सभाकक्षमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरपालिकाका प्रतिनिधिहरु र भक्तपुर उद्योग वाणिज्य संघका प्रतिनिधिहरुबीच बैठक बस्यो ।
बैठकले भक्तपुर नगरपालिकाभित्र सञ्चालित उद्योग वाणिज्य संघमा दर्ता भएका उद्योगहरुस“ग कर र घर बहाल कर उठाउन भक्तपुर उद्योग वाणिज्य संघले सहयोग गर्ने र भक्तपुर औद्योगिक क्षेत्रलाई अर्को ठाउ“मा स्थानान्तरण गरी सो क्षेत्रलाई हस्तकला क्षेत्रको रुपमा विकास गर्र्न संयुक्त पहल गर्ने निर्णय ग¥यो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाको नीति तथा कार्यक्रममा पर्यटनलाई विशेष महŒव दिएको बताउनुभयो । उहा“ले भक्तपुरमा सांस्कृतिक संग्रहालय निर्माण गर्ने, दरवार क्षेत्रमा बत्तीको व्यवस्थापन गर्ने, नगरभित्र मुल सडकमा ढुंगा छाप्ने, भक्तपुरको सांस्कृतिक संग्रहालय निर्माण गर्नेलगायतका कामहरु गर्ने नीति रहेको बताउनुभयो । साथै नगरवासीहरुलाई करको दायरामा ल्याउन नगरपालिकाले गरिरहेको पहललाई उद्योग वाणिज्य संघको तर्फबाट सहयोग गर्न आग्रह गर्नुभयो ।
भक्तपुर नगरपालिकाले शिशुशालादेखि विश्वविद्यालय स्थापना गर्नेमा जोड दिंदै आएको बताउ“दै प्रमुख प्रजापतिले नगरपालिकाको हरेक कार्यमा नगरवासीहरुको साथ र सहयोग प्राप्त भएकोमा आफूहरु उत्साहित भएको बताउनुभयो ।
भक्तपुर उद्योग वाणिज्य संघका प्रतिनिधिहरुले भक्तपुर नगरपालिकाले व्यवसायिक कृषिमा जोड दिनुपर्ने, निर्यातमुखी हस्तकला र दिगो पर्यटनमा जोड दिनुपर्ने, औद्योगिक क्षेत्रलाई हस्तकला ग्रामको रुपमा अगाडि ल्याउन सहयोग गर्ने, नगरभित्र आर्थिक गतिविधि बढाउने, भक्तपुर सडक महोत्सवलाई निरन्तरता दिने आदि कुराहरुमा भक्तपुर नगरपालिका र उद्योग वाणिज्य संघबीच सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
भेटघाट कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, भनपाका वडाअध्यक्ष श्यामकृष्ण खत्री, हरिप्रसाद बासुकला, हरिराम सुवाल, उकेश कवां, लक्ष्मीप्रसाद ह्यौंमिखा, कुमार चवाल, प्रप्रअ रोहितराज पोखरेल, कार्यपालिका सदस्य छोरीमैया“ सुजखु, सुनिता अवालको उपस्थिति थियो । साथै उद्योग वाणिज्य संघको तर्फबाट संघका अध्यक्ष रामप्रसाद प्रजापति, नि.अध्यक्ष कृष्णप्रसाद अवाल, प्रथम उपाध्यक्ष प्रदिप श्रेष्ठ, सचिव राजुमृगेन्द्र जोशी, सल्लाहकार योगराज भण्डारी, मोहनप्रसाद ताम्राकार, प्रज्ज्वल जोन्छे र कार्यकारी अधिकृत राजुमान बज्राचार्यको उपस्थिति थियो ।