News
भक्तपुर काण्ड कालो दिवसको स्मरणमा आयोजित प्रवचन कार्यक्रम सम्पन्न
भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर काण्ड कालो दिवसको स्मरणमा आयोजित प्रवचन कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष का. नारायणमान विजुक्छें (रोहित) को प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथ्य का. नारायणमान विजुक्छेले नेपाल मजदुर किसान संगठनको ह्यजुलाई मार्ने कुनै छलफल, निर्णय र निर्देशन नदिएको र संगठनको नीति पनि नभएको बताउनु हुँदै राज्यस्तरबाट नै योजनावद्ध तरिकाले नै यो काण्ड घटाएको बताउनु भयो । यस काण्ड राज्यले नेपाल मजदुर किसान संगठनलाई समूल नष्ट गर्ने उद्देश्यले नै कुनै पनि समितिमा नभएका कर्ण प्रसाद ह्योजुलाई पीडित नै नभएका जनताहरुलाई राहत वितरण गर्न लगाएर जनतामा आक्रोस फैलाएर यो घटना घटाएको हो भन्नु भयो । उहाँले उक्त भक्तपुर काण्डलाई जर्मनको राइगस्टाग काण्डसँग तुलना गर्नु हुँदै जसरी राइसस्टाग काण्ड जनताको अगाडि पर्दाफास भयो त्यसरी नै भक्तपुर काण्डले पंचहरुलाई जनताहरुको अगाडि पर्दाफास गरेको हो भन्नु भयो । तत्कालिन जर्मन सरकारले संसदमा आफैले आगो लगाउन दिएर कम्युननिष्टहरुलाई समुल नष्ट गर्न खाजेको इतिहास विश्वसमक्ष भएको वताउनु हुँदै तत्कालिन पंचायती सरकारले पनि तत्कालिन नेपाल मजदुर किसान संगठनलाई समूल नष्ट गर्नको लागि भक्तपुर काण्ड सुनियोजित रुपमा गरेको वताउनु भयो । उहाँले त्यस दिन रातीनै प्रहरी प्रशासनले राती समात्न खोजेको जानकारी दिएको भएपनि आफु नभागेको प्रस· सुनाउनु हुँदै राती प्रहरीले आफ्नो घरमा छापा मार्दा भाग्न दिने वतावरण वनाएर मार्न षडयन्त्र गरेको सुनाउनु भयो । तत्कालिन समयमा जनताको धेरै सहयोग रहेको स्मरण गर्नु हुँदै वहाँले कार्यकर्ता साथीहरुमा अलिकति पनि हिनताको भाव आउन नहुुने वताउनु भयो । देश र जनताको सेवा गर्ने उद्देश्यले राजनीतिमा लागेको कारण कुनै पनि समयमा यस्तो घटना हुने तर्फ जनताहरु सचेत हुनु पर्ने वताउनु भयो ।
कार्यक्रमका सभापति नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले राजनीति भनेको गुलाबको ओछ्यान होइन भन्नु हुँदै राजनीतिको बाटो बा·ोति·ो हुने बताउनु भयो । वहाँले देश र जनताको लागि त्यागको भावना हुनु पर्ने वताउनु भयो । वहाँले जननिर्वाचित पदाधिकारीहरु हुँदाहुँदै कुनै समितिमा नभएका कर्ण प्रसाद ह्योजुलाई राहत वितरण गर्नु दिनु नै राज्यस्तरबाट षडयन्त्रको शुरुवाट गरेको थियो भन्ने पुष्टि हुन्छ भन्नु भयो । वहाँले तत्कालिन समयमा नगरपालिकाका कर्मचारीहरुलाई आस्थाको नाममा दुःख दिनु निश्चयनै तत्कालिन पंचायत सरकारको निर्लजता हो भन्नु भयो । तत्कालिन नेपाल मजदुर किसान संगठनको पंचायतमा गएर जनताको सेवा गर्ने नीति भएको र सो नीति अनुरुप जनताको सेवा गर्ने कार्य गरेको पंचहरुलाई सह्य नभएपछि राज्यस्तरबाट यो घटना भएको वताउनु भयो । भक्तपुर काण्ड एक राजनैतिक षडयन्त्र भएको र आगामी दिनमा जनताहरु सचेत हुनुपर्ने तर्फ इगित गर्दै वहाँले राजनैतिक कार्यकर्ता भएर सँधै देश र जनताको इमान्दारितापूर्वक सेवा गर्ने भावना हुनु पर्ने वताउनु भयो ।
भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवाले तत्कालिन जेल जीवन र विद्यार्थी आन्दोलनको चर्चा गर्नु भयो । साहित्यको अध्ययनले राजनीतिमा लाग्ने प्रेरणा पाएको र विद्यार्थी आन्दोलनमा पनि भाग लिएको अुनभव सुनाउनु हुँदै वहाँले ०४२ सालमा नै जेल परेको अनुभव सुनाउनु भयो । भक्तपुर काण्ड राज्यस्तरको नै षडयन्त्र हो भन्नु हुँदै वहाँले तत्कालिन समयमा भीडलाई नियन्त्रण गर्न सक्ने अवस्था रहँदा रहँदै पनि भीड नियन्त्रण नर्गनुले नै षडयन्त्र हो भने पुष्टि हुने वहाँले वताउनु भयो । रातमा धरपकड गर्नु अर्को प्रमाण भएको वहाँले वताउनु हुँदै यदि षडयन्त्र नगरेको भए राती धरपकड गर्नु आवश्यक नभएको वताउनु भयो ।
भक्तपुर नगरपालिका प्रशासन प्रमुख अम्बिका धौभडेलले भक्तपुर काण्ड अन्याय अत्याचारको श्रृखला हो भन्नु हुँदै वहाँले तत्कालिन समयमा कर्मचारीहरुलाई २४ कर्मचारीहरुलाई जागीरबाट निकाला गरिएको अनुभव सुनाउनु भयो ।
पूर्व वडाध्यक्ष कृष्ण भक्त लवजुले आफ्नो अनुभव सुनाउनु हुँदै पार्टीका निर्देशनमा जागिर छाडेर वडाध्यक्षमा चुनाव लडेको वताउनु भयो । भक्तपुर काण्डको समयमा आफु कर्मचारी भएर पनि तत्कालिन समयमा राज्यले आफुलाई निर्मम अमानवीय यातना दिएको अनुभव सुनाउनु भयो । वहाँले नेमकिपामाथि आस्था राखेकै आधारमा आफु कर्मचारी भएपनि धेरै यातना दिएको अनुभव सुनाउनु भयो । त्यसैले आगामी दिनमा सचेत हुनु पर्ने वताउनु भयो ।
भक्तपुर नगरपालिकाका पूर्व कर्मचारी कृष्ण सागर वासीले पनि तत्कालिन समयको अनुभव सुनाउनु वडा वडामा जनप्रतिनिधिहरुको आदेश अनुसारमा टोलमा घुम्न गएको, क्षतिको विवरण संकलनमा व्यस्त भएको तर पंचायत सरकारले आफुलाई घटनामा संलग्न भएको आरोपमा निर्मम यातना दिएको अनुभव सुनाउनु भयो ।
उक्त कार्यक्रममा उप प्रमुख रजनी जोशी स्वागत मन्तव्य राख्नु भएको थियो भन्ने प्रमुख प्रशासकिय अधिकृत रोहित राज पोखरेलले धन्यवाद ज्ञापन गर्नु भएको थियो भन्ने भनपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले भक्तपुर काण्ड विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो ।