News
पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा सभा २०७५।०३।२२
भक्तपुर, २२ असार । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले शुक्रबार जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सामाजिक कार्यकर्ता, स्वयम्सेवी र सञ्चारकर्मीहरूको एक विशेष समारोहबीच भक्तपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गर्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई पूर्ण खोप नगरपालिकाको प्रमाणपत्र हस्तान्तरण गर्दै अतिथि सुवालले पूर्ण खोप सुनिश्चित गर्न अहिलेझैं सधैं खोप अभियान सञ्चालन गरिरहनुपर्नेमा जोड दिनुभयो ।
प्रत्येक वडाका वडाध्यक्षहरूलाई पनि पूर्ण खोप वडाको प्रमाणपत्र हस्तान्तरण गर्दै सांसद सुवालले भनपालाई भ्रष्टाचारमुक्त, सदाचारको नगर, बालश्रममुक्त, पूर्ण रोजगारीको सुनिश्चित गर्ने र गराउनेतर्फ पहल गर्नुपर्ने उल्लेख गर्नुभयो ।
नाफा र निजीकरणलाई जोड दिने पु“जीवादी व्यवस्थामा देशभरका जनताले पूर्ण स्वास्थ्य सेवा नपाउने चर्चा गर्दै उहा“ले स्वास्थ्य सेवा निःशुल्क गर्न समाजवादी व्यवस्था अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।
सत्तासीन दलका नेता, मन्त्री र मन्त्रीपत्नीहरूले सानो रोगको उपचार गर्न सरकारी खर्चमै विदेश जाने तर सर्वसाधारण जनताले जीवनजल र सिटामोल पनि नपाउने सरकारी बन्दोबस्तको निन्दा गर्दै सांसद सुवालले विदेशमा उपचार गर्न नपर्ने गरी सुविधासम्पन्न प्रदेश र जिल्लास्तरीय अस्पतालको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
देश भ्रष्टाचारको दलदलमा फसिरहेको र लुटपाट भइरहेको हु“दा सरकारको समृद्धिको नारा खोक्रो सावित भएको चर्चा गर्दै उहा“ले शिक्षा, स्वास्थ्य, बैङ्किङ, यातायात, खानेपानी, सुरक्षा, प्रहरी, सेना आदि निजीकरण गर्न नहुने औंल्याउनुभयो ।
जनताका नेताहरूको पेवा बन्न नहुने औंल्याउ“दै उहा“ले भन्नुभयो, ‘अर्थमन्त्रीको बजेट भाषण सार्वजनिक हुनेबित्तिकै हुने बजार भाउ वृद्धि रोकिनुपर्छ, प्रगतिशील कर लागू गरिनुपर्छ, मन्त्रीको खल्तीबाट योजना ल्याउने भए योजना आयोगको के अर्थ रह्यो ? कोटेश्वरमा हुने सडकजाम रोक्न वैकल्पिक बाटो बनाइनुपर्छ ।’
भनपाका प्रमुख एवं कार्यक्रमका सभापति सुनिल प्रजापतिले कुनै पनि बालबालिका खोपबाट वञ्चित नहोऊन् भन्ने ध्येयले सबैले आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्नुपर्ने विचार राख्दै स–साना कुरामा पनि विदेशी सहयोग ताक्ने बानी छोड्नुपर्छ भन्नुभयो ।
एनजीओ र आईएनजीओप्रति भनपा सचेत रहेको औंल्याउ“दै प्रमुख प्रजापतिले भन्नुभयो, ‘राज्य जिम्मेवार र संवेदनशील नहु“दा देशको जनशक्तिको सही उपयोग हुन नसकेकोले विज्ञ चिकित्सक र नर्स बाध्य भएर विदेशिरहेका छन् ।’
संविधानमा आधारभूत स्वास्थ्य सेवा पाउने उल्लेख भए तापनि व्यवहारमा लागू हुन नसकेको औंल्याउ“दै उहा“ले भक्तपुर नगरलाई पूर्ण खोप सुनिश्चित नगरपालिका बनाइराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भनपाका उपप्रमुख रजनी जोशीले स्वस्थ भएर जिउने नागरिकको जन्मसिद्ध अधिकार लागू भए समृद्ध नगरमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै स्वस्थ बन्न सबै नागरिकहरू सचेत र शिक्षित हुनुपर्छ भन्नुभयो ।
ज्ञान, विज्ञान र शिक्षाको केन्द्र बनाउने अभियानमा भनपा लागेझैं स्वास्थ्य उपचार गर्ने केन्द्र बनाउन भनपा लागिरहने विश्वास उहा“ले व्यक्त गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नुअघि नै रोकथाम गर्नुपर्नेमा जोड दिंदै निजी क्षेत्र पोषण गरेर सरकारी रकम सिध्याउने कामदेखि सतर्क हुनुपर्छ भन्नुभयो ।
महामारी रोगको नियन्त्रणमा सुधार भए पनि रोग भयावहको स्थितिमा रहेको चर्चा गर्दै उहा“ले हुनेखाने र हु“दा खानेबीचको असमान दूरीले पनि उपचार गर्न नसकेर अकालमा मृत्यु भइरहेको बताउनुभयो ।
बाल स्वास्थ्य महाशाखा खोप शाखाका प्रमुख डा. झलक गौतमले खोप अभियानबारे चर्चा गर्दै बिफर उन्मूलन भइसकेको र अब दादुरा र पोलियो उन्मूलनमा अगाडि बढिरहेको बताउनुभयो ।
उहा“ले सुगम–दुर्गम, सहर–गाउ“ र धनी–गरिब सबैलाई उही गुणस्तरको खोप दिइरहेको उल्लेख गर्नुभयो ।
जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर चन्दले केही रोग उन्मूलन गर्न नियमित खोप अझै आवश्यक रहेको बताउनुभयो । भनपाबाट सञ्चालित जनस्वास्थ्य केन्द्रका प्रमुख डा. रत्नसुन्दर लासिवाले खोप अभियानको चर्चा गर्नुभयो भने वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले खोप अभियानको प्रगतिबारे जानकारी दिनुभयो ।