News
नगर प्रमुख प्रजापतिद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण
नगर प्रमुख प्रजापतिद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण (तस्बिरहरुमा)
२०७९ असार १ गते, बुधबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अविरल वर्षाका कारण भक्तपुर नगरपालिका वडा नं. ३ र ४ का विभिन्न ठाउँमा बाढीले क्षति पुर्याएका क्षेत्रको बुधबार निरीक्षण गर्नुभएको छ ।
विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण भक्तपुर नपाको हनुमन्त्ते खालामा आएको बाढीले नगरका विभिन्न ठाउँहरु डुबानमा परेका छन् ।
सोही अवसरमा उहाँले भक्तपुर नपा वडा नं. ३ स्थित बाराही पुल र पुलसँगै रहेको शारदा स्कुल, भनपा वडा नं. ४ राममन्दिरस्थित शान्ति निकेतनमा पसेको बाढीको निरीक्षण गर्नुभयो ।
स्थानीय जनताले खोला साँघुरो भएको, बाराही पुल नजिकको माटो हटाउनुपर्ने र विद्यार्थी तथा सर्वसाधारण जनताको आवतजावतका लागि अस्थायी बाटोको व्यवस्था गर्नुपर्ने लगायतका आवश्यकताबारे नगर प्रमुखको ध्यानाकर्षण गर्नुभयो ।
उहाँले जनताले गुनासोमाथि चासो लिनुहुँदै सक्दो चाँडो व्यवस्थाको लागि प्राविधिकहरुमार्फत कार्य अघि बढाउने बताउनुभयो ।